उदयपुर : जिल्लाको बेलका नगरपालिका वडा नं ३ स्थित मुर्ति खोलामा ढोडियाल गोही फेला परेको छ ।  यो गोहीको लम्बाई ५ फिट ३ इन्च छ भने मोटाई २ फिट छ । सप्तकोशी नदीबाट नै उक्त गोही मुर्ति खोलामा आएको अनुमान गरिएको छ । माछा मार्ने क्रममा स्थानीयबासीहरुले गोही देखेका थिए । उनीहरुले तत्काल प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उद्दार गरेर उक्त गोही डिभिजन वन कार्यालयलाई बुझाएको इलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ ।


प्रहरी निरीक्षक नविन सिंहका अनुसार वन्यजन्तुको संरक्षण गर्ने काम र क्षेत्र वन कार्यालयको भएकोले वनको जिम्मा लगाइएको हो । प्रहरी निरिक्षक सिंहले भने,‘गोहीको घाँटीमा चोट लागेको देखिएको थियो, उपचार गर्नुपर्ने पनि हामीलाई जानकारी दिएका छौं ।’ डिभिजन वनका प्रमुख विष्णुप्रसाद आचार्यले घाइते गोहीको उद्दार गरेर कोशी टप्पु वन्यजन्तु आरक्षमा बुझाउने जानकारी दिए । आरक्षमा उपचार पश्चात मात्र उक्त गोृहीकोशी टप्पु आरक्षमा केही महिना घाईते गोहीको उपचार गरेर निको भएपछि प्राकृतिक रुपमा छाडिने छ ।’ घाईते गोही कोशी नदी हुदै मुर्ती खोला सम्म आईपुगेको हुनसक्ने वन कार्यालयको अनुमान छ ।