पथरी : इलाका प्रहरी कार्यालय पथरीले पटकासहित पक्राउ परेका २ जनालाई सार्वजनिक गरेको छ । आइतबार कार्यालयमा पटका सहित उर्लावारी २ का २२ बर्षीय सुमन चौधारी र सोही ठाउँका २१ वर्षीय अरलाद थारुलाई सार्वजनिक गरेको हो ।
उनीहरुबाट वरामद गरिएको ३ वोरा खुर्सानी पटकासमेत प्रहरीले सार्वजनिक गरेको छ । उनीहरुबाट सो पटकका ओसारपसार गर्न प्रयोग भएको को २३ प ९९१५ नम्वरको मोटरसाइकल पनि प्रहरी नियन्त्रणमा छ । प्रहरीले दुवैलाई कार्तिक १५ गते पथरीशनिश्चरे २ बोक्रे चोकबाट चेकजाचका क्रममा पक्राउ गरेको थियो ।