सुनसरी: सुनसरीको रामधुनी नगरपालिकामा अवस्थित धार्मिक पर्यटकीयस्थल रामधुनी मन्दिरमा पिकनिक खानको लागि अलग्गै ठाउँ तोकिएको छ ।

मन्दिरको मुलगेटमा वनभोज खाने, विभिन्न परिकार बनाउने, काटमार गर्ने जस्ता कारणले फोहोरमैला बढेपछि व्यवस्थित गर्न अलग्गै ठाउँ तोकिएको रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले बताए । पिकनिक जानेलाई करिब सय मिटर उत्तर कुम्याही जाने बाटोको दायाँ बाँयातिर पिकनिक खाने ठाउँ तोकिएको उनले जानकारी दिए ।

उक्त ठाउँमा बनभोज खान र रमाइलो गर्न आवश्कता अनुसार पानी, बत्ति र ठाउँको व्यवस्थापन गरिएको समितिले जनाएको छ । उक्त ठाउँमा बनभोज खाँदा कुनै पनि समस्या नहुने पनि कार्कीले बताए ।