झापाः झापाको कचनकबल गाउँपालिका २ मागुरमावीबाट प्रहरीले आइतवार जवरजस्ती करणीको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

करणीको आरोपमा स्थानीय २० बर्षीय भीम गुरुङलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनियानीले जनाएको छ । छिमेकीको विावहमा नाचगान गरिरहदा राती २ बजे २२ बर्षीय एक युवतीलाई ललाईफकाई चियाघारीमा लगेर करणी गरेको गुरुङमाथि आरोप छ ।

युवतीकी आमाले जर्बजस्ती करणी गरेको जाहेरी दिएपछि पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका गुरुङलाई इलाका प्रहरी कार्यालय बनियानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।