सुनसरी: ईटहरी उपमहानगरपालिका १६ लविपुरमा आइतवार केमिकल सेवनबाट एक जना विरामी परेका छन् ।

दिउँसो १२ बजे खाना खाएर औषधी खाने क्रममा पानीको बोतलमा राखिएको खिया हटाउने केमिकल झुक्किएर पिउँदा ईटहरी २ का ४१ बर्षीय हेमकुमार राई बिरामी परेका हुन् । केमिकल सेवनबाट बिरामी परेका राईलाई उपचारको लागि ईटहरीस्थित एपेक्स अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।