झापा: समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय अनारमनी झापाले सरसफाई तथा जनचेतनामूलक कार्यक्रम गरेको छ ।

प्रहरीले झापाको अर्जुनधारा नगरपालिका अन्तर्गतमा रहेको धार्मिकस्थल अर्जुनधारा जलेश्वर मन्दिरमा धार्मिक परम्परा अनुसार बालचतुर्दशी मेलामा मन्दिर परिसरमा सरसफाई कार्यक्रममको आयोजना गरेको थियो । उक्त मेलामा आफ्ना स्वर्गवासी आमा बुवाको सम्झनामा छरेका सदबिउ लगायत श्रद्धालुहरुबाट मन्दिर परिसर तथा वरीपरी भएका फोहोरलाई व्यवस्थित गर्न शनिबार उक्त कार्यक्रमको आयोजना गरिको हो ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख, अर्जुनधारा जलेश्वर धाम मन्दिरको समिति, स्थानीय भद्रभलाद्मी, नागरिक समाज, जन प्रतिनिधीहरु, पत्रकार लगायत प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो । त्यसैगरी, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत झापा अर्जुनधारा नगरपालिका शनिश्चरे बजारमा महिला हिंसा न्यूनिकरण र साईवर क्राईम सम्बन्धी जनचेतनामूलक प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र बिभिन्न महिला संघसंस्थाहरुको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । कार्यक्रममा स्थानीय समाजसेवी, नागरिक समाज, जन प्रतिनिधीहरु, पत्रकार लगायत अन्दाजी १५० जनाको उपस्थिती रहेको थियो ।