उदयपुर : गएराति ( विहिबार )ट्याक्टर दुर्घटना हुँदा लिमचुङबुङ गाउँपालिकामा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

मृत्यु हनेमा लिमचुङबुङ –४ बलम्ताका २२ वर्षीय चालक सुविन राई र सोही ठाउँका २४ वर्षीय पवन राईको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले जानकारी दिए।
ट्याक्टरमा सवार अन्य ८ जना घाइते भएको एसपी राईले बताए । उनीहरुलाई उपचारका लागि सदरमुकाम ल्याउन लागिएको छ । प्रहरी प्रमुख राईले भने, ‘अन्य घाइतेहरुको स्वास्थ्य अवस्था सामान्य रहेको भन्ने जानकारी आएको छ । ।’ दुर्घटना स्थल सदरमुकाम गाईघाटबाट ८० किलोमिटर विकट क्षेत्रमा पर्दछ ।