धरान । धरान प्रहरीले गोरु काटेको आरोपमा धरान–१७ बाट १० जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा आषिक मन्सुरी, हसमुदिन मन्सुरी, बहिश मिँया, रिजमान मिँया, साहदत मन्सुरी, आशिष खड्गी, राजेश खड्गी, अनि शाही, अनिश शाही र राजेन्द्र खड्गी रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

वडाको विद्याटोलमा गोरु काटिएको भन्ने सुचनाको आधारमा शुक्रबार विहान साढे ४ बजे नियन्त्रणमा लिइएको डिएसपी सुमन तिम्सिनाले जनाए । उनका अनुसार मासु काट्न प्रयोग गरिन धारिलो हतियार चक्कु ७ थान, गोरुको जस्तो देखिने सिं सहितको टाउँको २ थान समेत बरामद गरिएको छ । पक्राउ परेकामाथी शुक्रबारै पशुपन्छी सम्बन्धी कसुरमा मुद्धा दायर गरी म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।