मोरङ : मोरङको सुन्दरहरैचा–७ गोठगाउँमा आइतबार सवारी दुर्घटना हुदाँ ठेला चालकको मृत्यु भएको छ । आईतबार साँझ ८ बजेको समयमा

पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोठगाउँ चोकबाट पश्चिमतर्फ आउँदै गरेको ठेलालाई सोही दिशातर्फ आउँदै गरेको मिनी ट्रकले ठक्कर दिएको थियो । को.१ क १४६८ नम्बरको मिनीट्रकले ठक्कर दिँदा सुन्दरहरैंचा– ७ मा रहेको जेसिका फर्निचरमा कार्यरत मजदुरलाई ठक्कर दिएको थियो ।

फर्निचरको सामान पु¥याएर फर्कंदै गरेका सुन्दरहरैंचा– २ पथ्थरघट्टा निवासी चन्दन माझी थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । टाउकोमा चोट लागेका थारुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने सवारी र चालकलाई गछिया प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । मृत्यु भएका थारुको शव पोष्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको प्रहरीले जनाएको छ ।