धरान : वैदेशिक अध्ययनमा तेश्रो मुलुक जाने विद्यार्थीहरुलाई शैक्षिक परामर्श सेवामा संलग्न पूर्वका कन्सल्टेन्सीहरुको भेलाले ईडेन एकेडेमी कन्सलटेन्सी धरानका अध्यक्ष मोहन तिगेलाको अध्यक्षतामा राष्ट्रिय शैक्षिक परामर्स संघ प्रदेश नं. १ प्रदेश समितिको गठन गरेको छ ।
सोमबार ईटहरीमा भएको भेलाले संघको उपाध्यक्षमा दिवाकरलाल चौधरी, सचिव टिका ढकाल, कोषाध्यक्ष निरज पौडेल, सदस्यहरुमा गम्भीर भगत, बेन्जु ताम्राकार, टिकाराम न्यौपाने, सुवास लुइटेल, सन्तोष कुरुम्बाङ, विशाल खुलाल र प्रकाश कार्कीलाई चयन गरेको हो ।
पूर्वमा सेवारत ६० भन्दा बढि कन्सल्टेन्सी संचालकहरु भेलामा सहभागी थिए । भेलामा राष्ट्रिय शैक्षिक परामर्श संघका केन्द्रीय संयोजक सन्तोष प्याकुरेल, वरिष्ठ सल्लाहकार सरोज बस्नेत र दुइराज शर्मा शिवाकोटीको उपस्थिति रहेको थियो । प्रदेश अध्यक्षमा निर्वाचित भएपछि तिगेलाले पूर्वमा रहेका कन्सल्टेन्सीहरुलाई शसक्तिकरण गर्दै तालिम दिई क्षमता अभिवृद्धि गरिने बताए । उनले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा दिन सक्षम बनाउदैँ लैजाने काममा परामर्शदाताहरुको भूमिकालाई जिम्मेवार बनाउने कार्यमा संघको भूमिका महत्वपुर्ण रहने भएकोले त्यस्का लागि सबे कन्सल्टेन्सीहरुलाई संघमा गराउने बताए । वैदेशिक शिक्षाका परामर्शदाता संस्थाहरुको संख्या पूर्वमा २ सय रहेको उनले बताए ।





































































