पथरी : मोरङको पथरीशनिश्चरे नगरपालीकाले अपाङता भएका व्यत्तिलाई परिचयपत्र बितरण गर्ने भएको छ । नगरपालीकाको सोमबारको बैठकले सो निर्णय गरेको नगर प्रबक्ता याम प्रसाद गुरागाइले जानकारी दिए ।
अपाङ्गता भएका व्यक्तिको परिचयपत्र प्रदान गर्नका लागि नगर उपप्रमुखको संयोजकत्वमा डाक्टर, अपाङ्गता भएका व्यक्तिहरुको संस्था सहितका विभिन्न पक्षका सरोकारवालाहरु रहने समन्वय समिति गठन गरीने भएको हो । वडा कार्यालयमा फारम भरेर त्यहाँमार्फत समन्वय समितिको छानविनपछि प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर रहने परिचयपत्र वितरण हुनेछ ।

यसैगरी पथरीशनिश्चरे नगरपालिका ले ७० वर्षमाथिका नगरका ज्येष्ठका लागि प्रदेश नम्वर १ भरी निशुल्क सेवा उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार बसेको बैठकले सो निर्णय गरेको प्रबक्ता याम प्रसाद गुरागाइले जानकारी दिए । जसको सञ्चालन समिति संयोजकमा नगरका प्रमुख प्रशासकीय अधिकृत तथा सदस्यमा स्वास्थ्य संयोजक र लेखापाल सदस्य रहने व्यवस्था गरिएको छ ।
शरणार्थी सम्वन्धी राष्ट्संघीय उच्चायोग ९ युएनएचसीआर० मार्फत शरणार्थी प्रभावित क्षेत्रमा पर्ने नगरमा २ वटा एम्वुलेन्स उपलव्ध गराएको थियो ।
यसै बिच नगरले ३९ लाख रुपैयाँमा डोजर खरिद गरेको छ । पथरीशनिश्चरे नगर भित्रमा बिकाश निर्माण गर्न सहज होस भनी डोजर खरीद गरिएको नगरले जनाएको छ ।