तेह्रथुम : लालीगुराँस नगरपालिकाले एम्बुलेन्स नगर बस सञ्चालनको तयारी गरेको छ । गाउँका नागरिकहरुलाई सेवा दिने उदेश्यका साथ नगरपालिकाले नगरबस सञ्चालनको तयारी गरेको नगर प्रमुख अर्जनु माबोहाङले बताए ।

उनका अनुसार ग्रामिण क्षेत्रका नागरिकहरुको समस्यालाई मध्यनजर गर्दै पहिलो पटक नगर बस सञ्चालनकालागि आवश्यक काम भईरहेको छ । बस सञ्चालनले यातायातको सुबिधाबाट बञ्चीत रहँदै आएका नगरक्षेत्रका नागरिकहरुलाई यात्रा गर्न सहजतासँगै स्थानीय स्तरमा उत्पादन भएको कृषीजन्य बस्तु बजार पु¥याउन समेत सहज मिल्ने भएको नगरपालिकाका प्रबक्ता देबेन्द्र खड्काले बताए ।

नगरपालिकाको आर्थीक बर्ष २०७४÷७५ को नगरसभाले ४५ लाख बिनीयोजन सँगै बस सञ्चालनका लागी टेन्डर समेत आब्हान भईसकेकोे नगरपालिकाका प्रबक्ता खड्काले बताए । नगरको दाँगपा, फुलेक, मुसङखेल, सुङनाम सोल्माका दुर्गम गाउँहरुमा नगरबसले सेवा दिने भएको हो ।

यहाँका नागरिकहरु यातायातको सेवा लिनका निम्ती घण्टौ टाढाको बाटो पैदल हिडेर बस चढ्दै आउनु पर्ने समस्या अझै हटेको छैन । सरकार गाउँमै भएको प्रत्याभुत गराउन नगरपालिका अहोरात्र लागी परेको प्रेस सल्लाहकार राजकुमार तेयुङले जानकारी दिए ।