धरान : १९ औं संस्करणको अन्तर वडास्तरीय रेडबुल गोधुली कपमा साविक विजेता आयोजक धरान–१७ च्याम्पियन बनेको छ ।
धरान १७ स्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा शनिबार भएको फाइनल खेलमा वडा नं. १७ ले वडा नं. ११ लाई १–० गोलको अन्तरले हराउदैँ १९ औँ रेडबुल गोधुली रनिङ कपको उपाधी चुम्न सफल भएको छ । १९ औँ रेडबुल गोधुली रनिङ कप २०७५ शनिबार सम्पन्न भएको छ ।

अत्यन्तै रोचक भएको फाइनल खेलको ६८ औँ  मिनेटमा वडा नं. १७ का खेलाडी मिलन राईले १ गोल गर्न सफल भएको थियो । मिलन राईको गोल नै उपाधी चुम्न सफल भयो । राईको गोलपछि खेल अत्यन्तै रोचक बनेको थियो तर वडा नं. ११ ले खेल अवधिभर गोल गर्न सकेन । 
१९ औँ रेडबुल गोधुली रनिङ कपको विजेता बन्दै वडा नं.१७ ले नगद १ लाख सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेता बनेका वडा नं. ११ ले नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । 
विजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथी धरान वडा नं. १७ का वडाध्यक्ष मनोज भट्टराइले पुरस्कार वितरण गरेका थिए । उपविजेता टिम वडा नं. ११ लाई जिल्ला फुटबल संघका अध्यक्ष केशव कार्की र उपाध्यक्ष नविन राईले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।

फाईनल खेलको म्यान अफ दि म्याच ११ का खेलाडी विकु नेपे तामाङ घोषित भए । विकुले नगद ५ हजार सहित ट्रफि प्राप्त गरेका छन् । बेस्ट प्लेयर र हाइ स्कोरर १७ का मिलन राई घोषित भए । उनले बेस्ट प्लेयरको नगद १० हजार र हाइ स्कोररको नगद ७ हजार सहित ट्रफि प्राप्त गर्न सफल भए । मिलन राईले खेल अवधिभर गर्न सफल भएका थिए । त्यसैगरी बेस्ट गोलकिपर वडा नं. १७ का सुजन राई, बेस्ट डिफेन्स १७ का मनोज राई, बेस्ट मिडफिल्डर ११ का धिरेन लिम्बु, राइजिङ प्लेयर १७ का सौजन राई र उत्कृष्ट कोच १७ का योगेन राई घोषित भए । उनिहरूले जनही ५ हजार सहित ट्रफि प्राप्त गरे । प्रतियोगिताको फेयर प्ले टिम वडा नं. ४ घोषित भएका थिए ।




        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































