इनरुवा : सुनसरीको दुहबी नगरपालिकामा सुनसरी सामुदायिक हस्पिटल प्रा. लि तथा नेपाल रेडक्रस सोसाइटि दुहबीको प्रावधिक सहयोगमा आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
शनिवार वृहत खुल्ला रक्तदान कार्यक्रम रक्तदान जिवनदान भन्ने मूल नाराकासाथ रेडक्रस सोसाइटि नेपालको प्रावधिक सहयोगमा ५६ जनाले रक्तदान गरेका थिए ।
सो खुल्ला रक्तदान कार्यक्रमबाट ५६ युनिट रगत संकलन भएको संचालक सन्तोष कुमार सिंहले बताए।
हस्पिटलको नीति तथा कार्यक्रम अनुसार रक्तदान कार्यक्रमको आयोजना गरिएको सुनसरी सामुदायिक हस्पिटल प्रा।लि का संचालक सन्तोष कुमार सिंहले जानकारी दिए ।


































































