काठमाडौ : समाजप्रति उत्तरदायी हुन अर्थमन्त्री डा . युवराज खतिवडाले सहकारी उद्यमीहरुलाई आग्रह गरेका छन् । अर्थमन्त्री खतिवडाले उत्पादन बढाउने र रोजगारीको अवसर सिर्जना गर्ने सहकारी उद्यमीहरूलाई मात्रै सरकारले कर छुट लगायतका सहायता उपलब्ध गराउने पनि स्पष्ट पारे ।

मन्त्री खतिवडाले हाल संचालन भइरहेका सहकारी उद्यमले निजी उद्यमको जस्तै मुनाफालाई मात्रै ध्यान दिएकोमा असन्तुष्टि पनि व्यक्त गरे ।

राष्ट्रिय सहकारी महासंघ नेपालद्वारा बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्ना सदस्यहरुको साझा हित प्रवर्द्धनमा लाग्ने सहकारी उद्यमलाई मात्रै सरकारले उच्च प्राथमिकता दिने पनि बताए ।
अर्थमन्त्री खतिवडाले उपभोक्ताको हितलाई केन्द्रमा राखेर सहकारी संस्थाहरूलाई लगानी गर्न पनि सचेत गराए।