इटहरी : तरहरा जेसीज बर्ष २०१९ का लागि निर्वाचित भएका पदाधिकारीहरुलाई शनिबार तरहरामा रहेको भुपु शैनिकको सभाहलमा पदस्थापन कार्यक्रमको आयोजना गरिएको छ ।

उक्त पदस्थापन कार्यक्रममा तरहरा जेसीज बर्ष २०१८ का अध्यक्ष निरकाजी गिरी शेखरले बर्ष २०१९ मा निर्वाचित हुने विकास गिरीलार्इं पदस्थापन गराएको छ । बर्ष २०१९ का लागि कार्यकारीणी उपाध्यक्षमा बसन्त घिमिरे र मिलन गुरुङ निर्वाचित भएका छन् । त्यस्तै, उपाध्यक्षमा शम्भु घिमिरे, रबिन निरौला, चेवन खतिवडा र विष्णु गिरी निर्वाचित भएका छन् । सचिवमा भीम खड्का र जनसम्पर्क अधिकारीमा तीर्थ बस्नेत निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा सुमन दाहाल, कोषाध्यक्षमा सन्तोष रेग्मी र कानुनी सल्लाहकारमा सुनिल तिम्सिना मनोनय भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि योजना आयोगका निवर्तमान केन्द्रीय उपाध्यक्ष डा. स्वर्णिम वाग्ले रहेका थिए । उनले सामाजिक काममा पनि अग्रसर हुनुपर्ने बताउँदै जेसीजमा जातीय, राजनीतिक नहुने भएकाले यसमा सकारात्मक सोच भएका युवाहरुले विधिको शासनमा रहेर नेतृत्व गर्ने बताए । जेसीजले आफ्नो विधानलाई आत्मसाथ गरेर अगाडि बढ्ने भएकाले यहाँ लाग्ने युवाहरुले कुशल नेतृत्व गर्नका लागि शुभकामना दिए । कार्यक्रममा बोल्दै बर्ष २०१९ का अध्यक्ष विकास गिरीले आँफूले अन्य बर्षको भन्दा फरक तरिकाले जेसीजको नेतृत्व लिने बताए ।