इटहरी: इटहरीमा जारी दोस्रो मदन भण्डारी अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ ।

इटहरी रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा लिग विजेता मनाङ मस्र्याङ्दी क्लबमाथि २–० को जित हात पार्दै आर्मी च्याम्पियन बनेको हो । पहिलो हाफको छैटौ मिनेटमा नै आर्मीका टंक बस्नेतले गोल गरेका थिए भने दोस्रो हाफको ४५ औं मिनेटमा भरत खवासले दोस्रो गोल गरे । पहिलो हाफमा नै एक गोलले पछि परेको मनाङले दोस्रो हाफमा गोल फर्काउन निक्कै प्रयास गरे पनि सफल भएन । दोस्रो हाफको २५ औं मिनेटमा मनाङका अफिज वलाओले रेड कार्ड पाउदै बाहिरिएपछि मनाङ झन् दबाबमा परेको थियो । उनले आर्मीका गोलकिपरलाई फल गरेपछि रेफ्रीले रेड कार्ड दिएका थिए ।

दश खेलाडीमा सिमित भएपछि मनाङ खेलमा फर्कन सकेन । दोस्रो हाफको हाफेको ४५ औं मिनेटमा दोस्रो गोल गर्दै मनाङको झिनो आशा पनि समाप्त पारिदिए । निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल भएको थियो । बिजेता आर्मीले उपाधि ट्रफीसँगै नगद १६ लाख हात पार्यो भने मनाङले ८ लाखमा चित्त बुझायो । खेलको बिजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि राखेप सदस्य सचिव केशबकुमार विष्टले पुरस्कार वितरण गरेका थिए ।

51019932_243975139866110_82

फाइनल खेलको म्यान अफ दि म्याच आर्मीका बिमल पाण्डे घोषित भए । उनले नगद दश हजारसहित ट्रफी पाए । त्यस्तै, बेष्ट गोल किपर आर्मीकै बिकेश कुथु घोषित भए भने बेष्ट डिफेन्स मनाङका सुरज विक, बेष्ट मिडफिल्ड आर्मीका सन्तोष तामाङ, बेष्ट कोच आर्मीका चुन बहादुर थापा घोषित भए । उनीहरुले जनही नगद २० हजारसहित ट्रफी पाए । त्यस्ते, बेष्ट फरवार्डसहित सर्वाधिक गोलकर्ताको पुरस्कार आर्मीका भरत खवासले हात पारे भने सर्वोत्कृष्ट खेलाडी आर्मीका टंक बस्नेत घोषित भए । भरले नगद २५ हजार पाए भने टंकले ४२ इन्चको एलइडी टिभी हात पारे । उदयीमान खेलाडी राजा क्लबका उमेश राईलाई २४ इन्चको एलइडी टिभी प्रदान गरिएको थियो ।