इनरुवा : सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ५ साविकको बसन्तपुर गाविसमा रहेको शसस्त्र प्रहरी बल बेस क्याम्पले बिहीबार दिउँसो ३ बजेको समयमा गस्ती गर्ने क्रममा २४ वटा गाईगोरु नियन्त्रणमा लिएको छ ।
विशेष सुराकीको आधारमा शसस्त्र प्रहरी बल बेस क्याम्प बसन्तपुरका इनिस्पेक्टर मनोज निरौलाको नेतृत्वमा ९ जनाको गस्ती टोलिले बसन्तपुर र घुस्की जोड्ने बाटोमा कबिस्तानको सडक नजिक गाईगोरु नियन्त्रणमा बताईएको छ ।
समातिएको गाईगोरु २६ वटा मध्य २४ वटा गाई र २ वटा गोरु रहेको शसस्त्र प्रहरी बल बेस क्याम्प बसन्तपुरको इनिस्पेकटर निरौलाले बताए । भन्सार छलि भारत तिर नहरको डिल भइ लगिरहेको गाइ र गोरु नियन्त्रणमा लिएको २६ वटा गाई र गोरुको जम्मा ६५ हजार मुल्यांकन गरी आवश्यक कार्वाहीको लागि सेतुबन्धु भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाउने सशस्त्र प्रहरी बल बसन्तपुरले जनाएको छ ।