धरान: विगत दुई दशकदेखि धरानमा निरन्तर आयोजना हुदै आएको गोल्डकप यहाँ मात्र होइन, विदेशमा पनि आयोजना हुन्छ । सुन्दा, पत्यार नलाग्न सक्छ । तर, यो यथार्थ हो ।
धरानको बुढासुब्बा गोल्डकपको फ्रेच्चाइजकोरुपमा चीनको स्वशासित क्षेत्र हङकङ र बेलायतमा पनि हरेक बर्ष आयोजना भइरहेको छ । ती देशमा प्रतियोगिता आयोजना गर्न धरान फुटबल क्लबले लिखितरुपमा नै अनुमति दिएको छ । हङकङ आइडिमा पुगेका र आवासिय भिषा पाएर धरानेहरुको ठुलो संख्यामा बेलायत पुगेपछि विभिन्न स्थापना गरेको संस्थाहरुले बुढासुब्बाको अन्र्तराष्ट्रिय सँस्करण आयोजना गर्दै आएको छ । ‘क्लबले लिखितरुपमा अनुमति दिएर नै ती देशमा बुढासुब्बा गोल्डकप आयोजना हुदै आएको छ,’क्लबका महासचिव प्रताप तामाङले भने,‘यसले बुढासुब्बा गोल्डकपको गरिमा अन्तरराष्ट्रियस्तरमा पनि पुर्याएको छ ।’

धरान पछि बुढासुब्बा गोल्डकप हङकङमा आयोजना हुन थालेको थियो । त्यहाँ पनि धरान फुटबल क्लब नै गठन भएको छ । सोही क्लबको आयोजनामा बुढासुब्बा गोल्डकप हुन थालेको १५ बर्ष जति भइसकेको छ । बेलायतमा भने धरान समाज युकेको आयोजनामा बुढासुब्बा गोल्डकप हुने गरेको छ । ‘बेलायतमा हुन थालेको ८ बर्ष पुग्यो,’हाल धरान आएका धरान समाज युकेका खेलकुद विभाग प्रमुख निर्मल गुरुङले भने,‘नेपालका विभिन्न संघसंसथा, क्लबहरुले सहभागिता जनाउछन् ।’
नेपालमा आयोजना हुने विभिन्न गोल्डकपहरु आयोजना हुदै, बीचमा रोकिदै गए । बुढासुब्बा गोल्डकप भने कुनै पनि बर्ष रोकिएको छैन । ‘हामीले ज्यादै कठिन अवस्थामा पनि निरन्तरता दिएका छौ । देशमा ज्ञानेन्द्र शाहले शासन हत्याउदा चाडै कफ्र्यु लाग्थ्यो, खेलाडीहरुलाई सेनाले पक्रेर लग्यो, त्यस्तो बेला पनि गएर छुटायौ र आयोजना गर्यौ,’क्लबका अध्यक्ष किसोर राई भन्छन्,‘मधेश आन्दोलनले देश ठप्प हुदा पनि प्रतियोगिता रोकेनौ ।’