मोरङ : मिक्लाजुङ गाउँपालिका १ रमिते स्थित क्षेत्री खोलामा पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।

विहीबार अपरान्ह ५ बजे रमिते बजारबाट अम्लिसोको कुचो लोड गरेर जाँते तर्फ जाँदै गरेको को १ च ९३२४ नम्बरको पिकअप भ्यान उकालो चढ्ने क्रममा अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

दुर्घटनामा पिकअप चालक लेटाङ नगरपालिका ८ बस्ने ४२ वर्षीय नगेन्द्र खड्काको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

दुर्घटनामा पिकअपमा सवार लेटाङ नगरपालिका ८ बस्ने ४५ वर्षीय तल बहादुर राई र मिक्लाजुङ गाउँपालिका ५ बस्ने २० वर्षीय सधिर नेपाल घाइते भई उपचारको लागि न्यूरो अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि मंगलबारे अस्पताल उर्लाबारीमा पठाईएको छ ।