इनरुवा : सुनसरीको इनरुवा नगरपालिकामा सुनसरी प्रहरी प्रमुख तथा स्थानीय सरोकारवालाद्वारा इनरुवाको बस चोक क्षेत्रमा सरसफाई गरेका छन् ।

समुदाय प्रहरी साझेदारी अन्र्तगत इनरुवा नगर स्तरीय पालिका समितिको अगुवाईमा शनिबार इनरुवा नगरपालिका क्षेत्र अन्तर्गतमा पर्ने बस बिसौनीहरुमा गरिएको सरसफाई कार्यक्रममा सुनसरी प्रहरी प्रमुख राजन अधिकारीले पनि सरसफाई गरेका हुन् ।

सरसफाई कार्यक्रममा सबै सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु समुदाय–प्रहरी साझेदारी अन्तर्गतका समितिहरु, वडाध्यक्षहरु, नेपाली सेना, सशस्त्र प्रहरी, इनरुवा ट्राफिक प्रहरी, यातायात व्यवसायि, स्थानीय संघ संस्थाका प्रमुखहरु, स्थानिय व्यापारीहरु, सञ्चारकर्मी लगायत सो क्षेत्रको सरसफाईमा जुटेका हुँन ।

सफा, स्वस्थ र हरित इनरुवा नगर बनाउने उदेश्य यस क्षेत्रमा सरसफाई कार्यक्रमलाई प्राथमिकता दिएको उनले बताए । सरसफाई कार्यक्रमलाइ निरन्तरता दिनुपर्ने स्थानीयहरु बताउँछन । स्थानीयहरुले सफा नगर बनाउने सबै नागरिकको दायित्व भएको उल्लेख गर्दै नगर प्रमुख सहित सुरक्षा अधिकारी आएर सरसफाई कार्यक्रम गर्नु सबैको लागि खुसीको कुरा भएकोले कम्तीमा हप्तामा १ पटक शनिवार सरसफाई कार्यक्रम राख्नुपर्ने स्थानीयहरुले जोड दिएका छन ।