झापा : दमक ट्राफिक प्रहरी कार्यालयको अगुवाईम आज दमकको बसपार्क क्षेत्रमा बृहत सरसफाई गरिएको छ ।

दमकमा क्रियाशिल बिभिन्न संघसंस्थाको सहयोगमा दमकमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो । फोहोरका कारण हराउदै गएको दमकको चमक फर्काउने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको दमक ट्राफिक प्रमुख दधिराम दाहालले बताए । आगामी दिनहरुम पनि यस्ता कार्यक्तमहरुलाई निरन्तरता दिने दमकस्थित बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् ।