धरान: ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने क्रममा सोमबार धरानमा पनि वृहत सरसफाई कार्यक्रम गरिएको छ ।

संघ तथा प्रदेश सरकारको निर्णयअनुसार ३ दिनसम्म प्रजातन्त्र दिवस मनाउने क्रममा धरान उपमहानगरपालिकाले पनि सरसफाई कार्यक्रम गरेको हो । उपमहानगरपालिकाको आयोजनामा धरानमा बिहान ६ बजेदेखि राजमार्ग सरसफाई अभियान कार्यक्रम आयोजना गरिएको थियो । कार्यवाहक प्रमुख मञ्जु भण्डारीको नेतृत्वमा धरानको तीनकुनेदेखि राजमार्ग सफाई अभियान शुरु गरिएको छ । यो अभियान ८ गतेसम्म जारी रहने उपमहानगरले जनाएको छ ।

52694963_1924445507652814_1

सरकारले ३ दिनसम्म राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने निर्णय गरेको छ । सोही निर्णयअनुसार धरानमा कार्यवाहक प्रमुखको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ । समितिले धरानको तीनकुनेदेखि सेउती पुलसम्मको कोशी राजमार्गमा तीन दिन सरसफाई अभियान चलाउने भएको छ । ‘आज पहिलो दिन विश्वकर्मा मन्दिर केही तलसम्म सरसफाई गर्यौ, अभियानमा व्यापक सहभागिता जुटेको छ,’वातवारण अधिकृत भेषराज घिमिरले भने,‘बिहान ६ बजेदेखि ९ बजेसम्म अभियान चल्यो । भोली र पर्सि पनि सरसफाई अभियान हुन्छ ।’ सरसफाई अभियानमा उपमहानगरका कर्मचारी,जनप्रतिनिधिहरुसँगै नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरीसँगै धरानका विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

52607907_1924444410986257_4