मोरङ : मिक्लाजुङ गाउँपालिका २ साखारे भन्ने स्थानमा आइतबार आफ्नै काकालाई धारिलो हतियार खुर्पा प्रहार गर्ने भतिजालाई प्रहरीले पक्राउ गरेको छ ।
राती साढे ८ बजे मादक पदार्थ सेवन गरेका भतिजा सोही स्थान बस्ने २५ वर्षीय मन साउदेन लिम्बुले आफ्नै काका ४२ वर्षीय खेम साउदेन लिम्बुलाई दाउ खुर्पा प्रहार गरेका थिए ।
हतियार प्रहारबाट घाइते लिम्बुलाई उपचारको लागि साझा अस्पताल मधुमल्ला पठाईएको घटनास्थलमा खटिएको इलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ । हतियार प्रहार गर्ने भतिजालाई प्रहरीको नियन्त्रणमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।