झापा : शहरी क्षेत्रमा घरबाहिर खाना, खाजा खाने चलन बढ्दो छ । तर खुल्ला ठाँउमा बनाएर राखिएको यस्तोे खाना कत्तिको स्वस्थ हुन्छ त ? यस तर्फ हामी कहिल्यै सचेत हुन सकेका छैनौं । झट्ट हेर्दा खाउ खाउ लाग्ने गरि त्यस्ता खानेकुराहरु सजाएर राखिएको हुन्छ । जसले उपभोक्ताको ध्यान स्वाट्टै तान्ने गरेको पनि छ ।

शहरी क्षेत्रमा आजभोलि घरबाहिरै भोक मेटाउन सकिन्छ । बटोका छेउछाउमा ठेलागाडामा मानिसहरु प्रसस्तै मात्रामा खाजा खादैँ गरेका भेटिन्छन् । तर बाहिरको खान्की स्वयं त्यस्तो खाना खाइरहेकाहरुलाई नै स्वस्थ छ जस्तो लाग्दैन ।
बाटाको खाना प्राय छोपिएको हुँदैन । धुँवा र धुलो उडिरहेको खुल्ला ठाँउमा हतारमा भोक मेटाउन अडिनेहरुको भिड भने कम हुँदैन । यसरी बेचबिखन गर्दा यस्ता खुल्ला बाटाका खानाले सर्बसाधारणको स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको छ ।
यस्ता पसलमा अनुगमनकर्ता पुग्नुपर्ने उपभोक्ता सन्तोस भण्डारी बताउछन् । अनुगमनको जिम्मा पाएका सरोकारवालाहरुको यता तर्फ कहिलयै ध्यान पुग्न सकेको पाईदैन । मौसमी अनुगमन गर्दा ठुला र साना होटलहरुमा यस्ता सरोकारवालाहरुको ध्यान पुग्छ तर बजारमा खुल्ला रुपमा राखिएका यस्ता खानेकुराको गुणस्तर देखि लिएर स्वास्थ्यता र स्वच्छताको बारेमा ध्यान पुग्न सकेको छैन ।
खुल्ला सडकमा नछोपी राखेको खाना अस्वस्थकर नै हुन्छ । यस्तो खानाबाट सरुवा रोगहरुको संक्रमण फैलने सम्भावना ज्यादा हुने डाक्टर भम्पा राई बताउछन् ।
शहरीया जीवनको घच्चा घमासान र धपेडीका कारण ठेलागाडाको खानाले ग्राहक भेट्छ । तर कहिल्यै अनुगमन नहुने बाटाको खाना खाने बेलामा उपभोक्ताले कम्तिमा आफ्नो स्वास्थ्यको पनि ख्याल गर्न तर्फ कहिल्यै सोच्दैन ।