धरान : धरान उपमहानगरपालिका १२ गिता मन्दिरबाट प्रहरीले लागूऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरान र ईटहरीबाट खटिएको संयुक्त प्रहरी टोलीले २ किलो गाँजा सहित धनकुटा नगरपालिका १ बस्ने ५८ वर्षीय डीक बहादुर राई र धरान उप महानगरपालिका ४ बस्ने ४५ वर्षीय माधव प्रसाद घिमिरेलाई दिउँसो साढे १ बजे पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखि थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।