काठमाडौँ : काठमाडौं सुन्धारामा सञ्चालन रहेको काठमाडौं न्युरो तथा जनरल अस्पतालले त्रिसुली नुवाकोटमा रहेको त्रिसुली क्लिनिक जनसेवा अस्पतालमा शनिबार निःशुल्क स्वास्थ्य सञ्चालन गरेको छ ।
उक्त शिविरमा नशा तथा स्नायु रोग विशेषज्ञ सेवा, प्रशूती तथा स्त्री रोग, बाल रोग, हाडजोर्नी, दन्त रोग, मुटु रोग, दम तथा छाती रोग, छाला तथा यौन रोग र मानसिक रोग सम्बन्धी विशेषज्ञ सेवा दिएको त्यस अस्पतालका प्रवन्ध निर्देशक डा. लुःज मानन्धरले जानकारी दिए । काठमाडौं भ्याली अस्पतालले निःशुल्क स्वास्थ्य शिविरको माध्यमबाट स्वास्थ्य सेवा पाउन नसकेका आम नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ । अस्पतालले विभिन्न ठाउँहरुमा स्वास्थ्य परामर्श प्रदान गर्दै कसरी स्वस्थ हुने भन्ने जनचेतना पनि फैलाउदैँ आएको छ ।
उक्त शिविरमा करिव ६ सय जनाले निःशुल्क स्वास्थ्य सेवा लिएका थिए । शिविरमा आएका धेरै विरामीहरुले आफुहरुले आफ्नै घरदैलोमा नेपालका विख्यात चिकित्सकहरुद्वारा जाँच गराउन पाएकोमा अत्यन्तै खुसी महसुस भएको प्रतिक्रिया दिएका छन् । शिविरको माध्यमबाट स्वास्थ्य क्षेत्रको पहुँच बाहिर रहेका जनताहरुको सेवा गर्न जहिले पनि अस्पताल तत्पर रहेको अस्पतालका चिफ एक्जुकेटिभ अफिसर श्याम कुमार श्रेष्ठले बताए ।

उक्त अस्पतालका वरिष्ठ न्युरो सर्जन डा. प्रविन श्रेष्ठले शिविरको माध्यमबाट स्वास्थ्य सेवालाई थप गाउँ–गाउँसम्म पुर्याउने र स्वास्थ्य सेवाबाट बञ्चित भएका नागरिकहरुलाई गाउँमा नै गएर सेवा गर्र्ने समय आएको बताए । साथै सरकार र प्राइभेट स्वास्थ्य संस्थाहरु मिलेर कार्यक्रम गर्न सकिएको खण्डमा अझ कार्यक्रम बढी प्रभावकारी हुने उनको भनाई छ ।

उक्त शिविरमा विरामीहरुलाई निःशुल्क औषधि वितरण, प्याथोलोजी सेवा, मुटुको भिडियो एक्स–रे ECHO, पेटको भिडियो एक्स–रे, ग्क्न् एक्स–रे, USG, X-Ray र ECG जस्ता सेवाहरु पनि प्रदान गरिएको थियो । साथै उक्त स्वास्थ्य शिविरमा वरिष्ठ न्युरो सर्जन डा. प्रविन श्रेष्ठ, वरिष्ठ न्यूरोलोजिष्ट डा. इशा ढुङगाना, प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा मोनिका मिश्र, हाडजोर्नी रोग विशेषज्ञ डा. कृष्ण राज खनाल, दन्त रोग विशेषज्ञ डा. विना गुप्ता, मुटु रोग विशेषज्ञमा डा. शैलेन्द्र कुशवाह, फिजिसियन डा. प्रतिक पौडेल,
छाला तथा यौन रोग विशेषज्ञ डा. पारस श्रेष्ठ , डा. सुनिल भण्डारी र डा. मदनले सेवा प्रदान गरेका थिए ।




































































