धरान (डेस्क) : धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारबाट ५ केजी गाँजा सहित १ युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज आइतबार बिहान ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ आउँदै गरेको को १६ प ९६९४ नंम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडी बाधेर राखिएको अवस्थामा उक्त परीणामको गाँजा सहित मोटरसाईकल चालक साँगुरीगढी ८ का ३० वर्षीय अविनास राईलाई पक्राउ गरेको हो ।
गाँजा सहित पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
धनकुटामा ५ केजी गाँजा सहित १ जना पक्राउ
- फागुन १९, २०७५ / १,१६१ पटक पढिएको







































































