धरान: मार्च १४ अर्थात विश्व मृगौला दिवसकये अवसरमा “स्वस्थ मृगौंला, सबैकय निम्ति जहाँ पनि भन्ने नाराका साथ सामाजिक उत्तरदायित्वका निम्ति चिकित्सक नेपाल 'पिएसआरएन' विद्यार्थी एकाइ धरानले चतरामा निःशुल्क मृगौला रोगको जाँच गरेको थियो ।
केएचडिसि धरानको सहयोगमा मृगौलाको जाँचको लागि रगत र पिसाबको जाँच गरिएको थियो । साथै, रगतमा चिनिको मात्रा र उच्च रक्तचापको पनि जाँच गरिएको थियो । निःशुल्क जाँचमा कुल १ सय १५जनाको जाँच गरिएको थियो । जसमा ७ जनाको पिसाबमा क्रेटिनिनको मात्रा बढेको पाइएको थियो भने १४ जनामा मधुमेह भेटिएको आयोजक संस्था पिएसआरएनका अध्यक्ष लोकेन्द्र अवस्थीले जानकारी दिए । उनका अनुसार मधुमेह देखिएकामध्ये पनि १०जना औषधि खाएर नियन्त्रणमा रहेको पाइएको थियो ।

यस्तै, १९ जनामा उच्च रक्तचाप भेटिएको थियो भने १५ जना औषधि खाएर डाक्टरको निगरानीमा रहेको अध्यक्ष अवस्थीले बताए । बिरामीहरुलाई उच्च रक्तचाप, मधुमेह र मृगौलाको रोग, लक्षण अनि बच्ने उपायबारे पनि जानकारी दिइएको सामाजिक स्वास्थ्य कार्यक्रम संयोजक अनुपा अर्यालले बताइन् । उनका अनुसार मृगौलाको रोग, उच्च रक्तचाप र मधुमेहको बारेमा पेम्पलेटहरु पनि बितरण गरिएको थियो ।
बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म क्याम्प सचालन गरिएको थियो । जसमा ११ जना स्वोयमसेवक र १ जना डाक्टर थिए भने २ जना सहयोगी पनि खटिएका थिए । कार्यक्रमले समुदायमा धेरै फाइदा पुगेको र आउँदो समयमा अझै धेरै अपेक्षा गरेको स्थानीयबासीले बताएका थिए । अझै विभिन्न समस्यालाई पहिचान गरि स्वास्थ सुविधा र स्वास्थ शिक्षाबाट बन्चित भएका समुदायलाई लक्षित गरेर लाभान्वित हुने कार्यक्रमहरु निरन्तर आयोजना गरिने संस्थाका पब्लिक रिलेसन सन्योजक हरि केसीले बताए ।


































































