विर्तामोड : झापाको कमल गाउँपालिकाले माटोमा अम्लियपना बढेपछी कृषकहरुलाई कृषि चुन प्रयोगमा सहयोग गरेको छ ।
कृषि उपज उत्पादन वृद्धिका लागि विगत लामो समय देखि प्रयोगमा ल्याइएको रसायनिक मलका कारण माटोको उत्पादन शक्ति क्रमस ह्रास हुदै अम्लियपन वढेको कुरालाई मध्यनजर गर्दै कमल गाउँपालिकाले कृषक, कृषक समुह र सहकारीहरुलाई ५० प्रतिशत अनुदानमा कृषि चुन वितरण गरिएको कमल गाउँपालिका कृषि विकास शाखा प्रमुख प्रेम पोखरेलले जानकारी दिए ।
नगरपालिकाबाट रु ३ लाख २४ हजार बजेट निर्धारण गरी कृषकको पनि रु ३ लाख २४ हजार लागत सहभागितागरि कुल ६ लाख ४८ हजारमा प्रतिवोरा ५० केजि तौलका १६ सय २० वोरा कृषि चुन वितरण गरेको हो । यस आर्थिक वर्षमा कमल गाउँपालिकाले १० वटा पावर टिलर, ५० वटा साना सिंचाई, ७ वठा धान काट्ने मेसिन, १० थान मकै छोडाउने मेसिन, २९ वटा मकै रोप्ने मेसिन मध्ये निवेदन कम परेका कारण २२ वटा, लाइनमा धान रोपेका कृषक, कृषक समुह, सहकारीलाई २० थान धान गोड्ने विडर, तरकारी खेति तथा नर्षरी व्यवस्थापनका लागि प्लाष्टिक टनेल, मल्चिङ प्लाष्टिक, स्प्रे ट्याङ्की ३५ थान लगायतका कार्यक्रमहरु सञ्चालन हुने गाउँपालिका कृषि विकास शाखाका प्रमुख प्रेम पोखरेलले जानकारी दिए ।
कमल गाउँपालिकाको लखनपुर क्षेत्र अन्तर्गत सिम्लेदेखि लालपानिसम्म यसै आर्थिक वर्षमा ७ वटा स्थलगत तालिम सञ्चालन, ४ वटा आइपियम कृषक पाठशाला सञ्चालन, कृषि मेला प्रदर्शनी, गाउँपालिका भित्रका प्रत्येक वडाबाट ५ जनाका दरले उत्कृष्ट कृषक पुरस्कार वितरण, प्राङ्गारीक खेती उन्मुख गाउँपालिका बनाउनका लागि जैविक मल तथा विषादीलाई प्राथमिकता दिएको कमल गाउँपालिकाले यसै आर्थिक वर्षमा रु १० लाख बजेट व्यवस्थापन गरी उत्पादन र केर्खा बजारमा विक्रि केन्द्र स्थापना गरि सञ्चालनमा ल्याइने गाउँपालिकाका उपाध्यक्ष वेनु प्रसाद सिवाकोटीले जानकारी दिए । यसै गरी गाउँपालिकाको क्षेत्र भित्रका कृषकले उत्पादन गरेको च्याउको बजारीकरणका लागि लखनपुर स्थित पाडाजुँगीमा थोक तथा खुद्रा विक्रि केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइने भएको छ ।
गाउँपालिकाले सहयोग गरेको कृषि चुन र स्थानिय आइपियम कृषि सहकारी सँस्थाले उत्पादन गरेको जैविक ढुसि नासक विषादी टाइकोडर्मा वितरण गर्दै उपाध्यक्ष शिवाकोटीले भने, ‘कमल गाउँपालिका भित्रको ठुलो संख्यामा नागरिकहरु कृषिमा आश्रीत रहेको हुँदा गाउँपालिकाले संमसद्धि हाँसिल गर्न कृषिलाई पहिले प्राथमिकतामा राखेका छौँ ।’ बजेट निर्माण गर्ने समयमा कृषक समुह सहकारीबाटनै सफल हुने प्रकृतिका कार्यक्रमहरु छनौट गरी पेश गर्न आग्रह गर्दै उपाध्यक्ष शिवाकोटि भन्छन् व्यवसायिक रुपमा पशुपन्छि पालन गर्ने कृषकहरुलाई सवल र सक्षम बनाउनका लागि पालन गरेका पशुपन्छिको संख्याको आधारमा अनुदानको व्यवस्था गरेको बताएका छन । साथै आगामि वर्ष तय गरिने कार्यक्रम तथा वजेट सुझाव संकलन गरी तय गरिने पनि उपाध्यक्ष शिवाकोटीले बताए ।


































































