विर्तामोड:एक कार्यक्रमका बिच किराँत तियेङ लुङ चोलुङ माङहिमलाई गजुर हस्तान्तर गरिएको छ ।

झापाको कमल गाउँपालिका ३ केर्खास्थित किराँत तियेङ लुङ चोलुङ माङहिमका अध्यक्षका दलबहादुर मेन्याङ्गवोलाई दमक ८ निवासी धन बहादुर मावो र श्रीमति जसुरा मावोले २ लाख १७ हजार रुपैया भन्दा वढी मुल्य पर्ने पित्तलको गजुर प्रदान गरेका हुन् । २०७१ सालमा स्थानिय दलबहादुर मेन्याङ्गवो (हाल माङहिमका अध्यक्ष) ले ९० लाख रुपैया मुल्य पर्ने ४ कठ्ठा जमिन निःशुल्क दिएपछि सोही जग्गामा कमल गाउँपालिका, प्रदेश १ र स्थानीय चन्दाको सहयोग गरी जम्मा ३४ लाख ९१ हजार ९ सय ८ रुपैयाको लागतमा ९ तले माङहिमको निर्माण भएको हो ।

गजुर हस्तान्तर कार्यक्रममा प्याप्सनका केन्द्रिय उपाध्यक्ष गौरिमान फागो समाजसेवी भिमप्रसाद राई लगायत विभिन्न ठाउँबाट चन्दादाताहरुको उपस्थिती रहेको थियो । किराँत तियेङ लुङ चोलुङ माङहिम निर्माण समितीका अध्यक्ष सुर्यप्रसाद एकपाङ्गदेनले स्वगत मन्तव्य राखेका थिए भने कोषाध्यक्ष लाख बहादुर मावोले आयव्याय प्रस्तुत गर्नुका साथै सचिव नर बहादु लिङ्गदेनले कार्यक्रम सन्चालन गरेका थिए ।