धरान: तीन दशक लामो शैक्षिक इतिहास बोकेको धरान ९, स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले मण्टेश्वरी कक्षा पनि सञ्चालनमा ल्याएको छ ।

विद्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै ४ करोड बढी लगानीमा मण्टेश्वरी कक्षा सञ्चालनमा ल्याएको जानकारी दिएको हो । विद्यालयका प्रिन्सिपलका बेनिन्द्र कटवालले २ बर्ष वा सोभन्दा माथिका बच्चाहरुको लागि पुर्व प्राथमिक कक्षा प्ले ग्रुप सञ्चालनमा ल्याएको जानकारी दिए । ‘आवश्यक पुर्वाधारहरु तयार पार्दै साना नानीबाबुका मनोविज्ञानका आधारमा मण्टेश्वरी कक्षा सञ्चालनमा ल्याएका छौ,’प्रिन्सिपल कटवालले भने,‘विभिन्न क्रियाकलापसहित बच्चाहरुको संज्ञानात्मक, मनोविज्ञान र प्रयोगात्मकरुपमा आधुनिक कक्षा सञ्चालन हुनेछ ।’

मण्टेश्वरी कक्षाको क्षमता ३० जनाको हुने विद्यालयले जनाएको छ । मण्टेश्वरीकै लागि स्कुल हाताभित्र अलग्गै भवनसहितको जग्गा खरीद गरेर विद्यालयले रिनोभेशन गरेको हो । मण्टेश्वरी कक्षाकै लागि काठमाण्डौंबाट अनुभवी तथा सिनियर डिप्लोमा गरिसकेका शिक्षकलाई झिकाइएको प्रिन्सिपल कटवालले बताए । ‘बच्चाहरुलाई राम्रो ख्याल गर्दै, उनीहरुको मनोभावना बुझ्दै मण्टेश्वरी कक्षा चलाउन बिशेष अनुभवी शिक्षक ल्याएका छौ,’प्रिन्सिपल कटवालले भने,‘बच्चाहरुलाई बिहान खाना, दिउँसो खाजा र छुट्टी हुनअघि फेरी हल्का खुवाएर मात्र पठाउछौ ।’

bishnu-montesori

बच्चाहरुलाई ज्ञान हासिल गर्ने, खेल्ने अलग्गै कोठा छ भने खाना, खाजा खुवाउने र सुत्ने पनि छुट्टा छुट्टै कोठा व्यवस्था गरिएको छ । मण्टेश्वरीको खाना, खाजासहितको भर्ना शुल्क २० हजार रहेको र मासिक शुल्क मात्र २५ सय भएको प्रिन्सिपल कटवालले बताए । ‘हामीले तीन दशकदेखि शिक्षा क्षेत्रमा सेवा दिइरहेका छौ, र प्रतिफल, उपलब्धी पनि राम्रो भइरहेको छ,’उनले भने ।

भाइस प्रिन्सिपल सन्तोष पौडेलले बच्चाको मनोविज्ञान र चाहना बुझेर मण्टेश्वरी कक्षा सञ्चालन हुने बताए । यो शिक्षण विधिलाई विस्तारै अन्य कक्षमा पनि लागु गरिने पौडेलको भनाई छ । ‘बच्चाहरुलाई कसरी सँस्करयुक्त बनाउने, सामाजिकीकरण गर्ने भनेर हामी एकदमै सजग छौ, उनीहरुको भावना बुझेर काम गर्नकै लागि मण्टेश्वरीको ज्ञान र सीप भएको जनशक्ति ल्याएका छौ,’उनले भने,‘हामी मण्टेश्वरीमा मात्र होइन, अरु कक्षामा पनि अभिभावकहरुलाई शिक्षासँग जोड्दै जानेछौ, आफ्ना नानीहरुसँग कसरी डिल गर्ने भनेर बुझाउदै जानेछौ ।’

महंगो छैन, गुणस्तरीय शिक्षा छ

benindra-katwal,bisnu

प्रिन्सिपल कटवालले विष्णु स्कुलको शुल्क महंगो छ भन्ने भ्रम मात्र भएको प्रष्ट्याउदै गुणस्तरीय शिक्षा प्रवाह गरिरहेको बताए । आफ्ना विद्यालयका शिक्षक कर्मचारीहरुको तलब, र अन्य सुविधा सरकारले तोकेसरह उपलब्ध गराएकोले यहाँ दक्ष शिक्षकहरुबाट पढाई हुने उनले बताए । ‘हामीभन्दा बढी शुल्क लिने स्कुलहरु पनि छन्, विष्णुमा महंगो होइन, गुणस्तरीय शिक्षा छ,’कटवालले भने,‘हामीसँग दक्ष, योग्य शिक्षक छन्, उहाँहरुलाई राम्रो तलब छ, त्यसैमा ठुलो खर्च जान्छ । त्यसैले यहाँको पढाई गुणस्तरीय छ ।’

गुणस्तरीय पढाई भएकैले स्कुलले विद्यार्थीहरु खोजी हिड्न नपर्ने प्रिन्सिपल कटवालको भनाई थियो । हाल १६ सय हाराहारीमा विद्यार्थीहरु अध्ययनरत रहेको खुलाउदै उनले आफुले चाहेको भए ३ हजारको संख्यामा पनि विद्यार्थी राख्नसकिन्थ्यो । ‘तर, हामीले संख्यालाई हेरेनौ, गुणस्तरलाई ध्यान दिएका छौ,’उनले भने,‘हामीले चाहयौ भने ३ हजार विद्यार्थी यहाँ पढ्न आउनसक्छन्, तर त्यसमा होइन, गुणस्तरमा हामी केन्द्रीत छौ ।’

खेलकुदमैत्री विद्यालय

विष्णु स्कुलले अभिभावकको रुचि तथा विद्यार्थीहरुको आवश्यकतालाई ध्यान दिदै गुणस्तरीय पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई पनि ध्यान दिएको जनाएको छ । कक्षा सञ्चालनबाहेक फुटबल, बास्केटवल तथा क्रिकेटका दक्ष प्रशिक्षकले प्रशिक्षण दिने व्यवस्था पनि गरिएको विद्यालयले जनाएको छ । ‘हाल विद्यालयभित्र क्रिकेट बलिङ र ब्याटिङको तालिम व्यवस्था गरिएको छ, कलेजस्तरीय स्टाण्डर्डको बास्केटवल कोर्ट पनि व्यवस्था छ,’प्रिन्सिपल कटवालले भने ।

भविष्यमा फुटसल, टिटि हलको पनि व्यवस्था गर्ने विद्यालयले जनाएको छ । यस्तै, योग कक्षा, परामर्श सेवाका साथै विद्यालयमा स्टाफ नर्ससहित विद्यालयस्तरीय स्वास्थ्य केन्द्र पनि सञ्चालन गरिसकेको विद्यालयको भनाई छ ।

bisnu-montesori IMG_3446 bishnu-montesoris