धरान: ब्राह्मण समाज नेपाल धरान नगर समितिको छौटौं साधारणसभा सम्पन्न भएको छ ।

गीता भवनको सभा हलमा आयोजित कार्यक्रममा बार्षिक सांगठनिक प्रतिवेदन अध्यक्ष उद्धवप्रसाद अधिकारीले प्रस्तुत गरेका थिए । समाजका केन्द्रिय उपाध्यक्ष डिल्लीराम उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा आजिवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । साथै उक्त साधारण सभाबाट ब्राह्मण महिला नगर समाजमा मैया तिम्सिना आचार्यको अध्यक्षतामा कार्यसमिति चयन गरिएको थियो । समाजको उपाध्यक्षमा गंगा भण्डारी (रमा), सचिवमा अरुणा पोखरेल, सहसचिवमा सृजना नेपाल सुवेदी चयन भएकी छिन् । यस्तै, सदस्यहरुमा कोपिला गौतम भट्टराई, रमिला निरौला, भीमा शर्मा चौलागाईलगायत चयन गरिएको छ ।

यस्तै, सोही साधारणसभाबाट ब्राह्मण नगर युवा समाजमा कमल प्रसाद ओझाको अध्यक्षतामा समिति गठन गरिएको छ । युवा समाजको उपाध्यक्षमा मुक्तिबन्धु अधिकारी, सचिवमा सोनाम रिजाल, कोषाध्यक्षमा नारायण प्रसाद घिमिरे चयन भएका छन् भने सदस्यहरुमा परीक्षण शर्मा, कुन्तल खनाललगायतका युवाहरुलाई चयन गरिएको छ । साधारण सभामा स्वागत मनतव्य उपाध्यक्ष सिताराम आचार्यले गरेका थिए भने सचिव कमल प्रसाद भट्टराईले कार्यक्रम संचालन गरेका थिए ।