धरान: भोली(चैत २३) गतेदेखि शुरु हुन लागेको दोस्रो पिण्डेश्वर अर्ध महाकुम्भ मेला प्राचीन हरिद्धारले प्रसिद्ध बराहक्षेत्र नगरपालिकास्थित चतराधाममा शुरु हुदैछ । मेलाको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली भोली चतराधाम आउदैछन् ।

मेलाको लागि आज धरानस्थित पिण्डेश्वर महादेवको मन्दिरमा लघुरुद्रभिषेक एवं स्तोत्र पाठ गरिएको थियो । साथै, पिण्डेश्वरबाट आज कुम्भ घडा(कलश) शोभा यात्रा पनि निकालिएको थियो । लुघरुद्रभिषेक पूजा गर्न कुम्भ मेलाका प्रणेता एवं प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्यसँगै प्रदेश सभाका सभामुख प्रदीप भण्डारी, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, संघीय सांसद जयकुमार राई, प्रदेशका प्रमुख सचिव केदार न्यौपाने पनि पिण्डेश्वर मन्दिर आएका थिए । उनीहरु बिशेष पुजा गर्नुका साथै कलश शोभा यात्राको उद्घाटन पनि गरेका थिए ।

IMG_3532

पिण्डेश्वरबाट शुरु भएको शोभा यात्रा धरानबाट सिधै चतराधामस्थित कुम्भ मेलास्थल लगिएको थियो । अर्ध महाकुम्भको सम्पुर्ण तयारी पुरा भएको मुल आयोजक समितिले जनाएको छ । जगतगुरु बालसन्त मेहनशरणले कौशीकी नदीमा स्नान गरेर बराह भगवानको दर्शन गर्ने र पिण्डेश्वर महादेवको पुजाआराधाना गर्नाले पुष्य प्राप्ती हुने बताए । यसको लागि मेची महाकालीबाट मात्र नभै विदेशबाट पनि लाखौं भक्तजनहरु कुम्भ स्नान गर्न आउने उनको भनाई थियो । प्रदेश सरकारकातर्फबाट कुम्भलाई सहयोग गर्न गठित समितिका संयोजक एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले पनि धर्मसँस्कृति, पौराणिकता एवं इतिहासको संरक्षणसँगै पर्यटनको पनि प्रर्वद्धन हुने भएकोले प्रदेश सरकारले अपनत्व ग्रहण गरेको बताए ।

पिण्डेश्वर आउने सबैलाई रुद्राक्षको मालाले स्वागत

IMG_3492

अर्ध महाकुम्भलाई सहयोग गर्न धरान उपमहानगरपालिकामा वडा नं १४ का अध्यक्ष कृष्ण भटराईको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको छ । यो समितिले पिण्डेश्वरमा दर्शन गर्न आउने सबै भक्तजनहरुलाई रुद्राक्षको मालाले स्वागत गर्ने भएको छ । पिण्डेश्वर क्षेत्रलाई रुद्राक्षरण्य क्षेत्र पनि भनिन्छ । यही ठाउँमा भगवान शिवको आँशुबाट रुद्राक्षको उत्पत्ति भएको विश्वास गरिन्छ ।

व्यवस्थापन समितिका संयोजक एवं वडाअध्यक्ष भटराईका अनुसार कौशिकी नदीमा स्नान गरेपछि भक्तजनहरु पिण्डेश्वर दर्शनमा आउने भएकोले कुम्भमेला अवधिभर सबैलाई रुद्राक्षको मालाले स्वागत गरिनेछ । ‘हामी तीर्थालुहरुलाई रुद्राक्षको मालाले स्वागत गछौ, कहाँबाट आउनुभएको हो भनेर तथ्यांक राख्छौ, र उपचार सेवा, पानीको व्यवस्था पनि महिना दिनसम्म गछौ,’उनले भने ।

IMG_3613 IMG_3589 IMG_3577 IMG_3515 img0