इनरुवा : सुनसरीको हरिनगर गाउँपलिका १ मा मंगलबार अपाङ्गता भएका व्यक्तिहरुका लागि क्षमता अभिवृद्धी कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल बहुमुखी विकास केन्द्र भुटाहा सुनसरीको आयोजना तथा हरिनगर गाउँपालिका १ न. वडा कार्यालयको आर्थिक सहयोगमाअपाङ्गता भएका व्यक्तिहरुका लागि क्षमता अभिवृद्धी कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अपाङग्ता भएका व्यक्तिहरुको नेतृत्व विकास गरी उनिहरुलाई कसरी आत्मनिर्भर बनाउने उदेश्यले क्षमता अभिवृद्धी कार्यक्रम आयोजना गरिएको हरिनगर गाउँपालिका १ का वडाअध्यक्ष अब्दुल लतिफ अन्सारीले बताए । समाजमा अपाङ्गता भएका व्यक्तिहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन गरी उनिहरुको क्षमता अभिवृद्धी गर्ने उदेश्यले कार्यक्रम सञ्चालन भएको हो ।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई टोइजर, टि सर्ट र दोस्सला प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष मजेबुररहमान अन्सारीले बताए । सो कार्यक्रममा हरिनगर गाउँपालिका १ का वडा सचिव डिम्पल देव पौदार, वडा सदस्यहरु रिनोद बहरदार, रविन्द्र प्रसाद गुप्ता, महिला सदस्य कुलसुम खातुन, रामवती देवी दास, सरोकार वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मोजमिल हक, स्थानीय समाजसेवी सबिर अंसारी लगायत त्यस क्षेत्रका १७ जना अपाङ्ता भएका व्यक्तिहरुको सहभागिता रहेको आयोजक संस्थाका अकबाल अन्सारीले बताए ।