धरान(डेस्क) : मोरङको बेलबारी स्थीत सिंह देवि सामुदायीक वनभित्र एक पुरुषको शव फेला परेको छ । बेलबारी–१० घर भएका ५१ वर्षीय कुमार खड्काको शव फेला परेको हो ।
खड्का बैशाख २ गतेबाट सम्पर्क बिहिन भएका थिए । घरमा सामान्य झगडा भएको र घरबाट आफन्तकोमा जाने भनेर हिडेका खड्का दुई दिन धरानमा आफ्न्तकोमा बसेका छोरा बिबेक खड्काले जानकारी दिए ।

उक्त वनभित्र फेला परेको शव आफ्नो बुबाको भएको र बुबा घरबाट हिडेको १७ दिन भएको छोराले बताए । शव घोप्टो परेको अवस्थामा थियो । घास दाउरा गर्न जाने स्थानियले देखेपछी प्रहरीलाई खबर गरेका थिए । प्रहरीसंगै घटनास्थलमा पुगेका स्थानिय बिबेक खड्काले उक्त शव आफ्नो बुबाको रहेको बताएका छन् ।
मृतक खड्काको साथमा दुई ओटा बिषादी र केहि पैसा रहेको मोरङ प्रहरी प्रवक्ता घनश्याम श्रेष्टले बताए । घटना बारे थप अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए ।