इटहरी: कपुरीन्युजका इटहरी संवाददाता विवेक विवश रेग्मी सम्मानित भएका छन् ।
रामधुनी ६ मा रहेको तेह्र बालबालिका स्मृति विद्यालयको १२ औँ अभिभावक दिवसको अवसर पारेर उनीसहित ८ जनालाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा बरिष्ठ फोटो पत्रकार सुबर्ण समशेर बिष्ट, कलाकार उर्बी श्रेष्ठ, उपेन्द्र बहादुर कटवाल, मणिराज राई, ठाकुर कुमार श्रेष्ठ, अनिल शर्मा र डेक्स्पो टेक्नोलोजीलाई सम्मान गरिएको हो ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीले सम्मान गरेका थिए । उनीहरुले विद्यालयलाई विभिन्न माध्यमबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै सम्मान गरिएको हो । २०७३ वैशाख २६ गते १३ जना बालबालिका बोकेर विद्यालय जाँदै गरेको टेम्पो झुम्का नहरमा दुर्घटना हुँदा निधन भएको थियो । तीनै बालबालिकाको स्मृतिमा उक्त विद्यालय सञ्चालन भएको विद्यालयका प्रधानाध्यापक सुनिल तिम्सिनाले बताए ।