शुक्रबार विहान अमेरिकी र चिनियाँ वार्ताकारबीच जारी पछिल्लो चरणको व्यापार वार्ता कुनै सहमति नभई सकिएको छ । वार्ता चिनियाँ निर्यातमाथि नयाँ भन्सार हटाउने विषयमा केन्द्रीत थियो ।


सहमतिमा पुग्न असफल भएपछि मध्यरातबाट २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ निर्यातमा भन्सार बढेको छ । शुक्रबारको वार्ताले एक प्रकारको सहमति जुट्ने र थप भन्सार कर नलाग्ने विश्वास गरिएको थियो । चिनियाँ सामाग्रीमा नयाँ भन्सार कर लागु भएपछि त्यसको समर्थन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरेका छन् । ट्म्पले ट्वीटमा लेखेका छन् ,“भन्सार करले हाम्रो देशलाई कमजोर होइन, थप बलियो बनाउनेछ ।”
भन्सार कर अन्तर्गत अब अमेरिका जाने चिनियाँ सामानमा पहिले लागिरहेको १० प्रतिशत करबाट बढेर २५ प्रतिशत कर लाग्नेछ । चीनको वाणिज्य मन्त्रालयको वेवसाइटले अमेरिकी भंसार करको जानकारी दिएको छ ।
अमेरिकी कदमबाट ५००० चिनियाँ निर्यात सामाग्रीमा असर पर्नेछ । यसमा रसायन, कपडा र उपभोक्ता वस्तु सामेल छन् ।
चीनले अमेरिकी कदम ‘निक्कै दुखदायी’ भएको र छिट्टै यसको जवाफ दिने प्रतिक्रिया दिएको छ । पछिल्लो समय दुई देशबीच वार्ता चलिरहेकाले सहमतीको सम्भावनामा विश्वास व्यक्त गरिएको थियो ।
अमेरिका र चीनबीच अघिल्लो वर्ष जुलाईमा व्यापार युद्ध सुरु भएको थियो । यसले विश्व भरीको आर्थिक अवस्थामा असर गरिरहेको छ । अघिल्लो वर्ष सेप्टेम्बरमा ट्रम्पले यी वस्तुमा १० प्रतिशतको भंसार शुल्क लगाएका थिए । जनवरीमा त्यो बढेर २५ प्रतिशत हुने समयसीमान थियो । तर दुई देशबीच कुराकानी सुरु भए पछि त्यसलाई ३ महिनापछि सारिएको थियो ।

भावी दिनमा अमेरिकाले चीन विरुद्ध थप कडा कदम चाल्ने चेतावनी दिएको छ । ट्रम्पले ३२५ अमेरिकी डलरको चिनियाँ उत्पादमाथि शीघ्र २५ प्रतिशत शुल्क लाग्न सक्ने बताए ।

यस अघि नै अन्तर्रा्ष्ट्रिय मुद्रा कोषले दुई देशबीचको तनावको असर विश्वव्यापी बजारमा पर्न सक्ने बताए ।