दमक : झापाको दमकमा एक युवाले एक दम्पत्तीमाथि खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहारबाट दमक ५ का यादव राई र उनको श्रीमती पेमा तामाङ घाईते भएकी छन् ।

झापा दमक ५ का दिपक चौलागाईको खुकुरी प्रहारबाट राईको टाउकोमा चोट लागेकोछ । उनको उपचार बिराटनगरस्थित न्यूरो अस्पतालमा भईरहेको प्रहरीले जनाएको छ । पेमाको भने सामान्य चोट देखिएको छ ।
दमक ५ की बिन्दु थापालाई यादवले मोबाएलमा म्यासेज पठाएर अनावश्यक दुख दिएका कारण बिन्दुकै आग्रहमा चौलागाईले राईमाथि खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
बिन्दुलाई समेत प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।