धरान(डेस्क) : धरानमा आज शनिबारदेखि एक महिने लोक बाजा सारंगी प्रशिक्षण सुरु भएको छ ।

धरान प्राज्ञ प्रतिष्ठानको आयोजनामा शनिबारदेखि सुरु भएको सो प्रशिक्षणको उदघाटन धरान संगित प्रतिष्ठानका अध्यक्ष मचिन लिम्वूले गरे । एक महिनासम्म संचालन हुने यो तालिममा धरानका १५ जनाको सहभागिता रहने धरान प्राज्ञ प्रतिष्ठानका सदस्य गोपाल देवानले बताए ।

पछिल्लो समय आधुनिकता संगै मौलिक नेपाली लोक बाजा गाजाहरु हराउन थालेकोले ति त्यस्ता बाजाहरु मध्ये सारंगी बाजाको संरक्षण संगै प्रर्वद्धन होस भन्ने उदेश्यले यो तालिमको आयोजना गरिएको प्रतिष्ठानका सदस्य गोपाल देवानले बताए । उनका अनुसार धरान सभा गृहमा हुने सो तालिममा ५, ५ जनाको समुहमा तीन सेसनमा हरेक दिन तालिम संचालन हुनेछ । सारंगीको प्रशिक्षण गायक तथा सारंगी बादक सुरेस गन्र्धवले दिइरहेको छ ।