जुन ५ मा रिलिज हुन लागेको नायक सलमान खान र नायिका कट्रिना कैफ अभिनित चलचित्र अहिले चर्चामा छ । यो चलचित्रमा सलमानलाई विभिन्न उमेरमा देखाइएको छ । चलचित्रको एकपछि अर्को गीत सार्वजनिक भैरहेपनि त्यसले त्यस्तो तहल्का भने मच्चाउन सकेको छैन । चलचित्रमा समावेश नयाँ गीत सार्वजनिक कार्यक्रममा नायक सलमान खानले नायिका कट्रिना कैफको तारिफ गरे ।

पत्रकारले उनलाई कट्रिनाको कामबारे बताउन आग्रह गरेका थिए । जसमा सलमानले भने–‘यो चलचित्रमा कट्रिनाले निकै नै उत्कृष्ट काम गरेकी छिन् । मलाई आशा छ, यो चलचित्रबाट उनले राष्ट्रिय अवार्ड समेत जित्नेछिन् ।’

सलमानले कट्रिनाको फरक अवतार र उनको भूमिकाले दर्शकलाई लोभ्याउने समेत दाबी गरेका छन् ।
अली अब्बास जफरले निर्देशन गरेको यो चलचित्रबाट सलमान र कट्रिना दुबै उत्साहित छन् । लगातार इदमा रिलिज भएका चलचित्र बक्स अफिसमा असफल हुँदा सलमानलाई समेत समस्या परिरहेको छ । यसैले यो चलचित्र चल्नै पर्ने दबाब उनमा छ ।  (स्रोत–अनलाईन खबर डटकम)