धरान(डेस्क) : सोलुखुम्बु लुक्ला विमानस्थल सुरक्षा गार्डमा कार्यरत २ प्रहरी जवान वैशाख महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित भएका छन् ।

लुक्लामा कार्यरत प्रहरी जवानद्धय शिव कुमार तामाङ र भोजराज ढकाल वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् । प्रहरी कर्माचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङ्कन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रदेश १ भरिका प्रहरीहरु मध्येबाट प्रत्येक सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ ।

गएको वैशाख १ गते विहान ९ः१० बजेको समयमा यात्रुवाहक समिट एयरको हवाईजहाज दुर्घटना हुँदा घटनास्थलमा कर्तव्य पालनाको सिलसिलामा आफ्नो जिउ ज्यानको पर्वाह नगरी जोखिमपूर्ण अवस्थामा उच्च मनोवलका साथ घाइतेलाई उद्धार गरेकोमा प्रहरी जवानद्धयलाई वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको हो । विवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय “क” स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिनासम्म राखिदै आएको छ ।