धरान: धरान वडा नं ९ स्थित पूर्ण पथमा ‘ग्रीन हार्टस् क्याफे’ पुनः सञ्चालनमा आएको छ ।

८ वर्षदेखि सञ्चालनमा रहेको क्याफे पुनः परिमार्जित गरेर सञ्चालनमा आएको हो । यसअघि क्याफे धरान–१२ महेन्द्र पथमा रहेको थियो । क्याफे करिब अढाइ वर्ष जति बन्द भएको थियो । सञ्चालक विकास मगरले ८ लाख रुपैयाँ लगानी गरेर पुनः सञ्चालनमा ल्याएको बताए । क्याफेमा तातो चिसो पेय पदार्थका साथै विभिन्न परिकारहरु ग्राहकको चाहना अनुसार तयार हुने उनले बताए । उनका अनुसार मार्टिन र जोली ब्राण्डको आइसक्रिम, बेकरी आइटमसहित अर्डर अनुसारका खाना समेत तयार गरिने छ । क्याफेमा ५ जना कर्मचारीले रोजगारी पाएका छन् ।

क्याफेको एक समारोहबीच वडा नं ९ का अध्यक्ष रत्न कट्वालले रिवन काटेर उद्घाटन गरेका थिए । उनले व्यावसाय लगानी अनुसारको योजना बनाएर सञ्चालन गरेमात्र उपलब्धी हासिल गर्न सकिने बताए । पूर्णपथ सब्जि बजारसँग जोडिएको कारण मानिसको भिडभाड हुने भएकोले यसमा ठाउँमा होटल व्यावसाय गर्न उचित रहेको अध्यक्ष कटवालले बताए । तर, पार्किङको सुविधा नहुँदा समस्या देखिएकाले यसको लागि व्यावसायीसँग मिलेर त्यसको व्यावस्थापन गर्ने पनि उनले बताए । सरसफाइ नहुने गरेको पटक–पटक स्थानीयबाट गुनासो आएको बताउदै उनले त्यसतर्फ ध्यान दिनसमेत आग्रह गरे । कार्यक्रममा वडाको पुनस्थापन टोल विकास समितिका अध्यक्ष राजकुमार दास, सचिब विबेक राईलगायतको उपस्थिति रहेको थियो ।