सलमान खानले कट्रिनालाई विवाह गरेर बच्चा जन्माउन सल्लाह दिएका छन् । वास्तवमा, सलमान र कट्रिना एक इन्टरटेन्मेन्ट वेबसाइटमा आफ्नो नयाँ फिल्म भारतको प्रोमोशन गर्न पुगेका थिए ।

यतिबेला जब सलमानलाई ‘कट्रिनाका लागि वैकल्पिक करियरको रुपमा के गर्ने सल्लाह दिनुहुन्छ’ भन्ने प्रश्नको जवाफमा उनले भने, ‘उनले विवाह गर्नुपर्छ र बच्चा जन्माउनुपर्छ ।’

कट्रिनाले कराउँदा भने, ‘विवाहका लागि पनि कोसिस आवश्यक’

कट्रिनाले प्रश्न व्यवसायिक जीवन जस्तै डाक्टर वा इन्जिनियर बन्नेबारे सोधिएको हो भनेर सलमानलाई सम्झाइन् । तर सलमान आफ्नै कुरा अडिग भए । उनले भने, ‘विवाह र बच्चाका लागि पनि अत्यधिक कोसिसको आवश्यता पर्छ ।’

सलमान र कट्रिनाले पहिलो पटक मेने प्यार किया ९सन् २००५० मा काम गरेका थिए । त्यसपछि उनीहरुले पार्टनर, युवराज, एक था टाइगर र टाइगर जिन्दा हे जस्ता करिब आधा दर्जन फिल्ममा सँगै काम गरिसकेका छन् । अली अब्बास जफरको निर्देशनमा बनेको उनको ‘भारत’ फिल्म जून ५ मा रिलिज हुने तयारीमा छ ।

स्रोतः रातोपाटी