धरान:‘किराया प्राकास स्तरीय प्रतियोगितात्मक साकेला शिली प्रदर्शनी २०७६’ मा प्रारम्भिक कार्यसमिति (प्राकास) धरान–१९ ले प्रथम पुरस्कार पाएको छ ।

शनिबार धरान–१७ स्थित साकेला साँस्कृतिक पार्कमा उभौली साकेला समापनको अवसरमा आयोजित प्रतियोगितात्मक साकेला शिली प्रर्दशनीमा प्राकस १९ उत्कृष्ट हुदै प्रथम पुरस्कार पाएको हो । कुल सहभागी २१ प्राकासमध्ये प्रथम बनेको प्राकास १९ ले नगद २५ हजार रुपैयाँ प्राप्त गरेको छ । यसैगरी, किराया प्राकास हाँसपोसा (तरहरा) दोस्रो र प्राकास धरान–११ तेस्रो बन्यो । दोस्रो र तेस्रोले क्रमसः नगद १५ हजार र नगद १० हजार रुपैयाँ हात पारे ।

sakela2

यसैगरी, अन्य विद्याहरुमा धरान भित्र र धरान बाहिर प्रतिस्पर्धा गराइएको थियो । उत्कृष्ट व्यवस्थापनतर्फ धरान भित्र प्राकास धरान–१५ र धरान बाहिर प्राकास दुहबी प्रथम बने । यसैगरी, प्राकास धरान–१३ र प्राकास महेन्द्रनगर दोस्रो बन्यो । यस्तै, प्राकास धरान–१७ र प्राकास प्रकाशपुर तेस्रोमा सिमित बने । यस्तै, उत्कृष्ट साँस्कृतिक सामग्री प्रदर्शनीतर्फ प्राकास धरान–१३ र प्राकास हाँसपोसा प्रथम बने । प्राकास धरान–९ र १० र प्राकास इटहरी ६ दोस्रो बन्न सफल भए । यसैगरी, प्राकास धरान १८ र प्राकास इटहरी ५ र ७ तेस्रोमा सिमित बने ।

यस्तै, उत्कृष्ट सहभागीतर्फ प्राकास धरान–१५ र प्राकास हाँसपोशा प्रथम बने । प्राकास धरान ८ र प्राकास इटहरी ६ दोस्रो बन्यो । यस्तै, प्राकास धरान ५ र ६ र पकली तेस्रो बन्यो । यस्तै, उत्कृष्ठ भेषभुषा सहभागी मध्येबाट प्राकास धरान १६ प्रथम, धरान १९ र हासपोसा क्रमशः दोस्रो र तेस्रो बन्यो । विजेता पहिलो, दोस्रो र तेस्रो विजेताले नगद ६ हजार, ४ हजार र ३ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

IMG_8086

यसैगरी, १५ दिनमा विभिन्न प्राकासहरुले आयोजना गरेको साकेला शिली प्रदर्शनीमा अन्य प्राकास भन्दा धेरै सहभागीता जनाएको प्राकास धरान १५ घोषित बन्दै नगद ६ हजार रपैयाँ प्राप्त गर्यो । यसैगरी, उत्कृष्ट ढोलेमा प्राकास हासपोसाका सुरेश राई र प्राकास धरान १९ का ज्ञानबहादुर राई घोषित भए । उनीहरुलाई समेत पुरस्कृत गरिएको थियो ।

विजेताहरुलाई संघीय सांसद जयकुमार राई, किराया केन्द्रीय अध्यक्ष दिबश राई, निवर्तमान अध्यक्ष तिलक राई, जिल्ला अध्यक्ष बलराम राईलगायतले नगद तथा पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिताको निर्णायकमा किराया केन्द्रीय उप–महासचिब सुभचन्द्र राई, केन्द्रीय सचिब दोर्पध्वज राई, किरात प्रज्ञा परिषद्का सदस्य प्राज्ञिक शालीकसतासक राई रहेका थिए । प्रतियोगितामा किराती मौलिक सामग्री, भेषभुषा, साकेला शिलीलगायतमा मुल्याङकन गरिएको थियो ।

IMG_8075 IMG_8070

sakelaa