धरान: किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति धरान–१३ ले ६ जनालाई सम्मानित गरेको छ ।
शनिबार सुर्यमार्गस्थित उभौली पर्व साकेला समापनको अवसरमा नगद तथा जिन्सी समान सहयोगी दाताहरुलाई सम्मान गरिएको हो । सम्मानित् हुनेहरुमा राधा राई, पुर्ण राई, राम कुमार राई, देबराज राई, मन कुमारी राई र उत्तर कुमारी राई रहेको किराया प्राकास धरान–१३ का अध्यक्ष श्रीपाल राईले जनाए । यस्तै, प्राकास धरान १३ का संस्थापक कुबिरमान राईसहित संरक्षक, सल्लाहकारलगायत १० जनालाई सम्मानित गरिएको छ । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी किराय जिल्ला अध्यक्ष बलराम राई, निबर्तमान अध्यक्ष कमला राई, आयोजक संस्थाका श्रीपाल राईलगायतले फेटा गुठेर सम्मानीत गरिएको थियो ।
यस्तै, किराया जिल्ला अध्यक्ष बलराम राई, निबर्तमान अध्यक्ष कमला राई र नगर अध्यक्ष लोकेन्द्र राईलाई पनि सम्मानित गरिएको थियो । समापन कार्यक्रममा बोल्दै किराय जिल्ला अध्यक्ष राईले सबै राई जाती एक जुट हुनुपर्ने बताए । उनले भातृ संस्था प्राकास संगठीत हुँदा मात्र जिल्ला कार्यसमिति मजबुद हुने धारणा राखेका थिए । यसैगरी, किराया जिल्ला सुनसरीकी निबर्तमान अध्यक्ष कमला राई, सचिब राजेन्द्र राई, किराया नगर अध्यक्ष लोकेन्द्र राईलगायतले आफ्नो पुस्तनतरण गदै जानुपर्ने भएकोले संस्कार, संस्कृति भुल्न नहुनेतर्फ सचेत गराए । किराया प्राकास धरान १३ को आयोजनामा बैशाख ४ गते पूर्णिमाको दिन धरान–१४ विजयपुरस्थित हाङ बुद्धिकर्ण रायको दरबार परिषरबाट विधिवत् रुपमा साकेला शुरु भएको थियो ।
सुनसरीभरी १५ दिनसम्म प्रदेश १ को नामाकरण ‘किरात’ हुनुपर्छ भन्दै साकेला शिली नाचिएको थियो । यसक्रमा किराया प्राकास धरान १३ ले विधिवत् रुपमा आज समापन गरेको आयोजक संस्थाका अध्यक्ष श्रीपाल राईले बताए । साकेला समापनको अवसरमा साकेला समेत नाचिएको थियो । प्रकृति पुजक किरात राई जातीले उभौली पर्वमा नयाँ अन्नबाली लगाउने बेला र अन्नबाली सप्रियोस् भन्ने कामना गदै साकेला नाच्छन् । यसैगरी, पाकेको अन्नबाली नावङगी चढाउन मंसिरमा साकेला पर्व मनाउदै आएका छन् ।