धरान : भोजपुर सुनसरी सेवा समाजको शनिबार धरान १० स्थीत सैनिक भवनको सभाहलमा ५ औं वार्षिक साधरण सभा सम्पन्न भएको छ ।

उक्त साधरणसभामा प्रमुख अतिथिको रुपमा १ नं. प्रदेशका सभामुख प्रदिप भण्डारीले आफ्नो मनतव्यमा ‘राष्ट्रपति जन्माउने देखि प्रदेश १ को मुख्यमन्त्री, कुसल प्रशासक, न्यायधिश, कुसल सैनिक, प्रहरी, पत्रकार लगायत भोजपुरले जन्माएका व्यक्तिहरु मुलुकको उच्च ओहोदामा रहेर देशको सेवा गरिरहन पाऊनु हामी भोजपुरेहरुले गर्व ठान्नुु पर्ने बताएका थिए ।
सुनसरी–भोजपुर सेवासमाज क्रियाशिल भएकोमा सभामुख भण्डारीले समाजलाई प्रसंशा गर्दै यदि कोहि आफ्नो मातृभूमिप्रती उक्तरदायी हुन सक्दैन त्यो मानिस कहिले सामाजिक हुन नसक्ने जिकिर समेत गरे ।
समाजकी अध्यक्ष निर्मला राईको अध्यक्षतामा भएको साधारणसभाको अवसरमा भोजपुर सुनसरी समाजले केही महिना अगाडि भोजपुरकै एउटा गाउँमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको थियो । उक्त शिविर टोलिमा सहयोग पुर्याउने विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका १३ जना चिकित्सक, नर्स र अन्य स्वयंसेवकहरुलाई खदा लगाएर प्रसंशापत्रका साथ सम्मान गरे ।

सम्मानित हुनेहरुमा डा. मनोजकुमार साह, डा. समिर चौधरी, डा. विदुर भण्डारी, डा. अमरेशकुमार मेहता, डा. मोहमद अमार मासिर, डा. मुकेस झा, डा. श्यामबाबु साह साथै नर्सहुरुमा विष्णु माया तामाङ, महिमा तुलाधर, कला थापा, पुजन सुब्बा, दिलु तामाङ र सुजाता राई, फार्मेसी तर्फमा नन्द कुमार राई अजित कुमार ठाकुर, यम बस्नेत, प्रेम चौधरी सम्मानित भए । कार्यक्रममा स्वागत मन्तव्य समाजका उपाध्यक्ष नगेशचन्द राईले गरेको थियो भने कार्यक्रम सञ्चालन प्रताप सिह राईले गरेको थियो ।
   तस्बिरः लक्ष्मण थापा