धरान : मिस नेपाल २०१८ शृंखला खतिवडा सुजुकी स्कुटरको ब्रान्ड एम्बेसडर बनेकी छन् ।

सुजुकी टु ह्विलरका लागि नेपालको आधिकारिक वितरक भीजी अटोमोबाइल्सले आफ्नो स्कुटर रेन्जका लागि खतिवडालाई ब्रान्ड एम्बेसडरमा अनुबन्ध गरेको हो । सुजुकीले आफ्नो स्कुटर ब्रान्ड बर्गम्यान, एक्सेस र लेट्सका लागि उनलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो । सो कम्पनीले सुजुकीको बजार प्रवर्धनका साथै सो ब्रान्डप्रति जनताको विश्वासलाई उचाइमा पुर्याउन शृंखलालाई अनुबन्ध गरेको जनाएको छ ।

छोटो समयमा ग्राहकहरुको मन जित्न सफल बर्गम्यान, एक्सेस र लेट्स स्कुटर एक स्टाइलिस स्कुटर भएको साथै १२५ सीसीको पावरफुल इन्जिन तथा आकर्षक फिचर भएकाले ग्राहकको रोजाइमा पर्न सफल भएको कम्पनीको भनाइ छ ।