धरान: जेठ २८ गते राती धरान १५ स्थित ज्ञानचक्षु मार्गमा घरको कम्पाउण्ड वालभित्रैबाट मोटरसाइकल चोरेर लैजादै गरेको भेटिदा एक जना पक्राउ परे पनि अर्को चोर फरार भएका थिए । तिनै फरार रामधुनी नगरपालिका ६ का अरविन राईलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
जेठ २८ गते राती करिब साढे १० बजे ज्ञानचछु मार्गमा डेरा गरी बस्ने डेबिश साहको को ९ प २४७७ नम्बरको १५० सिसि पल्सर मोटरसाईकल चोरी गरेर लैजादै गरेका थिए । उक्त मोटरसाइकल बराहक्षेत्र नगरपालिका ४, जमकोटीका १९ बर्षीय अनिश चौधरी र अरविन मिलेर चोरेका थिए । मोटरसाइकल डोराउदै लादै गरेको अवस्थामा तत्काल अनिश पक्राउ परे पनि अरविन भने भाग्न सफल भएका थिए ।
प्रहरीले खोजी गरेर फरार भएका अरविनलाई हिजो बुधबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनी गाउँघरमा नै लुकीछिपी बसेको अवस्थामा पक्राउ परेको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनलाई पनि चोरी मुद्दामा अनुसन्धान शुरु गरिएको उनले बताए । सुनसरी जिल्ला अदालतमा उपस्थित गराई थुनामा राख्न म्याद थप अनुमति लिएको पनि उनले बताए ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        



![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)












 
         
        

















































 
         
         
        