पथरी : राष्ट्रिय सहकारी बैंक लि.ले आफ्ना सदस्य संस्थाहरुबाट सुझाव संकलन कार्य सुरु गरेको छ ।

राष्ट्रिय सहकारीले आफ्ना सदस्य संस्थाहरुमा पुर्याउदै आएको सेवा सुबिधाका बारेमा जानकारी गराउने छ । साथै बैकका सेवाको प्रभावकारीताका लागि सुझाव संकलन गर्न अन्तरक्रिया कार्यक्रम गरेको बैंकका संचालक रमेशप्रसाद पोखरेलले बताए ।

राष्ट्रिय सहकारी बैंक लि. उर्लाबारीको आयोजनामा बिहीबार भएको अन्तरक्रिया कार्यक्रममा संचालक पोखरेलले सहकारी अभियानलाई थप प्रभावकारी बनाउन राष्ट्रिय सहकारी बैंकको महत्वपूर्ण सहयोग रहने जानकारी गराए । उनले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि राष्ट्रिय सहकारी बैंकसंग सहकार्य गर्न सबै सहकारी संघ संस्थाहरुलाई आग्रह गरे । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकले प्रदान गर्दै आएको सेवा सुबिधा सामाजिक उत्तरदायित्वमा राष्ट्रिय सहकारीले खेलेको भुमिका र भावी योजनाको बारेमा प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईले जानकारी गराएका थिए । हाल नेपाल भरी ४४ ओटा शाखा रहेको र अब चाडै ८४ वटा पुरुयाउदै सहकारी सस्थाहरूलाइ स्तरीकरण गर्ने, एटिएम सेवा उपलब्ध गराउने र एक्सेस ब्राण्डिंग कार्यक्रम ल्याउने तयारी भएको कार्यकारी अधिकृत गुरागाईले बताए ।

१ सय भन्दाबढि उपस्थित सदस्य संस्थाका प्रतिनिधिहरूले राष्ट्रिय सहकारीले दिने ऋणको ब्याजदर कम गर्नु पर्ने, शाखा बिस्तार गर्नु पर्ने, स्तरीकरण कार्यक्रमको रिपोट ढिलो आउने गरेको जस्ता समस्या रहेको जानकारी गराएका थिए । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक र सदस्य संस्थाहरुबीच सहकारी अभियानलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको उर्लाबारी शाखाकी प्रमुख मुना केसीले बताईन् । कार्कीले राष्ट्रिय सहकारी बैंकले देशैभरि यस्तो कार्यक्रम सुरु गरेकाले भोलिका दिनमा सदस्य संस्थाको मन जित्दै चुस्त दुरुस्त सेवा प्रवाह गर्ने बताईन् ।

सहकारी बैंकले उर्लाबारी सहकारी बैंकबाट उत्कृष्ट कारोबार गर्ने उर्लाबारीको महिला उत्थान साकोस र श्रीसगरमाथा साकोसलाई बर्षको उत्कृष्ट सहकारीको रुपमा सम्मान गरे ।

2 11